बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्कर दिँदा पुल भाँसियो, अवरुद्ध राजमार्ग डाइभर्सनबाट खुलाइयो

बुधबार, २९ साउन २०७६, १० : ४०
बुधबार, २९ साउन २०७६

परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको अरुङ्गखोला पुल भाँसिएर अवरुद्ध भएको यातायात डाइभर्सनमार्फत् खुलाइएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका ११ अरुङ्गखोला पुलमा आज विहान एक ट्रकको ठक्करले पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन बनाइ यातायात सुचारु गराइएको प्रहरीले जनाएको छ ।

बुधबार विहान ४ बजे पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एक साईडमा ठक्कर दिँदा पुलमा क्षति पुगेसँगै पुल भाँसिएर राजमार्ग अवरुद्ध बनेको थियो ।

पुल भाँसिएको कारणले सो पुलबाट सवारी साधन चल्न रोक लगाइएको छ भने ती सवारी साधनहरु खोलामा डाइभर्सन बनाइ पठाइएको प्रहरीले जनाएको छ । पुलमा ठुलो क्षति पुगेकाले पुलको मर्मत कार्य केहि दिन लाग्ने भएकाले सोही खोलामा अर्काे पनि डाइभर्सन बनाई दुबै साइडबाट यातायात सुचारु गराउने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप