शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोथिया कपको भब्य उद्घाटन सत्रमा जेएफए नेपालको सहभागीता

बुधबार, २९ साउन २०७६, १० : १७
बुधबार, २९ साउन २०७६

जुनियर फुटबल एकेडेमी (जेएपफए नेपाल) ले गोथिया कपको उद्घाटन सत्रमा सहभागीता जनाएको छ । चीनको चिन्डाओ सहरमा मंगलबार भएको उद्घाटन सत्रमा खेलाडी तथा प्रशिक्षण सहितको टिम नेपाली भेषभूषामा प्रस्तुत भएका थिए ।

उद्घाटन सत्र अगष्ट १० को लागि तय भएको भए पनि लेकिमा टाइफोनको कारण कार्यक्रम सरेको थियो । उद्घाटन सत्रमा ४० देशको ५ हजारभन्दा खेलाडी, पदाधिकारी तथा प्रशिक्षक सहभागी भएका थिए भने हजारौं दर्शकको सहभागीता रहेको थियो । 

१२ वर्षमुनिका खेलाडीहरू ल्याएको जेएफए समूह ९ मा रहेको छ । टोलीले समूह चरणमा ४ खेल तथा मैत्रीपूर्ण गरि ८ भन्दा बढी खेल खेल्नेछ ।

गोथिया कपलाई युथ वल्र्ड कप समेत भन्ने गरिएको छ । यसमा फुटबलमा नाम चलेका देशहरू ब्राजिल, स्पेन, जर्मनी, अर्जेन्टिना, पोर्चुगल, इंग्ल्याण्ड लगायतका देशका क्लबको सहभागीता रहन्छ । जेएफएले नेपालक‍ो प्रतिनिधित्व गर्दै हरेक वर्ष सहभागीता जनाउँदै आएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप