शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयाक्स प्ले अफमा पुग्दा पोर्तो बाहिरियो

बुधबार, २९ साउन २०७६, ०९ : ४२
बुधबार, २९ साउन २०७६

आयाक्स युरोपियन च्याम्पियन्स लिग फुटबल छनोटको प्ले अफमा पुगेको छ । अघिल्लो सिजन सानदार प्रदर्शन सहित सेमिफाइनलमा स्थान बनाएको आयाक्सले यसपटक पनि पुरानै लय समात्ने अनुमान गरिएको छ । डच टोली आयाक्स प्ले अफमा पुग्दा पोर्चुगिज क्लब एएफसी पोर्तो भने छनोट चरणबाट बाहिरिएको छ ।

छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा आयाक्सले पाओक थिसालोनिकीलाई ३–२ गोलले हरायो । आयाक्स समग्रमा ५–४ गोलले विजयी भयो । सुरुवातमा पछि परेको आयाक्सले खेल उल्टाउँदै प्ले अफमा स्थान बनाएको हो । डच च्याम्पियन आयाक्सले अब च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन अपोइल निकोसियासँग प्रतिस्पर्धा गर्नेछ । अपोइलले क्वारावागलाई समग्रमा ३–२ गोलले हराउँदै आयाक्ससँगको भेट पक्का गरेको छ ।

यसैगरी मंगलबार राति भएको अर्को खेलमा पोर्तो रसियन क्लब एफसी क्रास्नोडारसँग अवे गोलमा पराजित भयो । खेल समग्रमा ३–३ गोलको बराबरी भएपनि पोर्तो अवे गोलमा पछि पर्दै बाहिरिएको हो । पहिलो लेगमा पोर्तो १–० गोलले विजयी भएको थियो । सन् २००४ को च्याम्पियन पोर्तो सन् २०११ पछि पहिलो पटक छनोटबाट बाहिरियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप