शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनसंख्याभन्दा दोब्बर दूरसञ्चारका ग्राहक

बुधबार, २९ साउन २०७६, ०७ : २१
बुधबार, २९ साउन २०७६

पछिल्लो एक दशकयता नेपालमा आक्रामक रुपमा विस्तार भएको दूरसञ्चार क्षेत्रमा प्रयोगकर्ता पनि उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांकअनुसार ४ करोड ११ लाख १० हजारले भ्वाइस सेवा र १ करोड ९० लाख डेटा सेवा प्रयोगकर्ता छन् । 

केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको कुल जनसंख्यालाई आधार मान्ने हो भने देशमा रहेका नेपालीबाहेक औषतमा हरेक एक नेपाली बराबर दुईवटा सीमकार्ड तथा टेलिफोन लाइन पर्छ ।

विभागले सन् २०११ देखि २०३१ सम्म २ करोड ९५ लाख जनसंख्या हुने प्रक्षेपण गरेको छ भने २०६८ को जनसंख्या द्द करोड ६४ लाख हो । यो समाचार कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप