शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालले नादेज्दा कप खेल्ने

मङ्गलबार, २८ साउन २०७६, २३ : ३२
मङ्गलबार, २८ साउन २०७६

एजेन्सी-नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगितामा खेल्ने भएको छ । आगामी सेप्टेम्बर ६ देखि १४ तारिखसम्म किर्गिस्तानमा हुने प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, ताजिकिस्तान र उज्वकिस्तानको सहभागिता रहनेछ ।

किर्गिस्तानको आग्रहमा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो । नेपाली टोली डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने सागको तयारीमा छ । प्रशिक्षक हरि खड्काले खेलाडीलाई प्रशिक्षण गराई रहेका छन् । नेपाल सागको साविक उपविजेता टोली हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप