हिमाल पारिको जिल्ला मुस्ताङमा चितवनको माछा
मुस्ताङ-वीरगंज सिरसियाका मनोज शाहीको रोजीरोटी नै माछा बेचेर चलेको छ । शाहीले पोखरामा माछा बेच्ने काम गर्छन् । कहिलेकाही हिमाल पारिको जिल्ला मुस्ताङसम्म पनि उनी माछा बेच्न पुग्छन् ।
मंगलबार, उनै शाही वारागुङ मुक्ति क्षेत्र गाउँपालिका मुक्तिनाथ रानीपौवा मुस्ताङमा माछा बेच्दै गर्दा भेटिए । महिनामा दुई दिन १५÷१५ दिनको फरक पारेर उनी माछा बेच्न मुस्ताङ पुग्छन् । एक पटकमा २५ देखि ३० किलोसम्म माछा बेच्ने उनी बताउँछन् ।
मुस्ताङमै माछा बेच्न थालेको २ वर्ष बढी भएको उनले सुनाए । माछा बेच्दै शाही अरु गाउँमा पनि पुग्छन् । कहिलकाही मेला, महोत्सव हुँदा माछाको लागि अर्डर पनि आउँछ उनलाई । नैनि र रँहु जातको माछा बेच्ने आएका उनलाई उनका ग्राहकहरुले राम्रै प्रतिक्रिया दिने गरेको उनी सुनाउँछन् ।
यी प्रजातिको माछा जुनसुकै परिकार पनि मिल्ने उनले बताए । खासगरि शितल ठाउँमा माछा बेच्ने गर्छन् उनी । आफूँले बेच्दे आएको माछा चितवनबाट मगाउँने उनले सुनाए । मुस्ताङमा ६ सय ५० रुपैयाँ प्रति केजीमा उनी माछा बेच्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?