शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारोत्तोलनमा संगीताको नयाँ किर्तिमान

मङ्गलबार, २८ साउन २०७६, २२ : ५३
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं- सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनको पहिलो दिन नेपाल पुलिस क्लबकी संगीता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा संगीताले स्नाचमा ५९ केजी, क्लिन एन्ड जर्कमा ७६ केजीका साथ कुल एक सय ३५ केजी भार उचाल्दै तीनै विधामा कीर्तिमान बनाईन् ।

यसअघि उनकै नाममा ५८, ७५ र एक सय ३३ केजीको राष्ट्रिय कीर्तिमान थियो । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उक्त कीर्तिमान बनाएकी थिइन् । यस विधाको जुनियरतर्फ बर्दियाकी पवित्रा थापामगरले स्वर्ण जितेकी छन् । पवित्राले उनले स्नाचमा ४०, क्लिन एन्ड जर्कमा ५० गरी कुल ९० केजी भार उठाएकी थिईन् । एपीएफकी पल्लभीकुमारी चौधरीले ४०, ४८ केजी गरी कुल ८८ केजी उठाउँदै रजत जितिन् सप्तरीकी पूजा मण्डलले कांस्य हात पारिन् ।

यसैगरी महिला सिनियर ४५ केजीमा नेपाली सेनाकी रीता गुरुङले क्लिन एन्ड जर्क र कुलमा गरी दुई राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले क्लिनमा ६२ केजी भार उठाउँदै गर्दै नयाँ कीर्तिमान बनाइन् । उनले स्नाचमा ४२ केजी उचाल्दै कुल एक सय ४ केजीका साथ कीर्तिमान कायम गरेकी हुन् । झापाकी करिना चौधरीले स्नाचमा ४७ केजी उचाल्दै नयाँ कीर्तिमान सहित रजत जितिन् । उनले क्लिनमा ५६ केजीसहित कुल एक सय ३ केजी भार उठाईन् । बर्दियाकी हिरामोती थारूले कांस्य जितिन् ।

रीतालेनै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्नाचमा ४५ केजी, क्लिनमा ५० केजी र कुलमा ९५ केजीको कीर्तिमान बनाएकी थिइन् । यसैगरी ४५ केजी जुनियर महिलातर्फ सप्तरीकी काजल सदाले स्वर्ण जितिन् । उनले स्नाचमा २७ र क्लिनमा ३७ गरी कुल ६४ केजी भार उठाइन् । दाङकी संजना चौधरीले रजत जितिन् । ५५ केजीको सिनियरतर्फ पुलिसकी देवीकुमारी चौधरीले स्वर्ण हात पारिन् । ५९ केजीको स्नाचतर्फ सञ्जु चौधरीले ७१ केजी भार उठाउँदै नयाँ कीर्तिमान बनाइन् ।

यसअघि यस विधामा सेनाकी कमला श्रेष्ठको नाममा ७० केजीको कीर्तिमान थियो । कमलाले आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा सो कीर्तिमान बनाएकी थिइन् । ६४ केजीमा सेनाकी शारदा चौधरीले स्नाचमा आफ्नै नाममा रहेको ६० केजी तौलमा सुधार गर्दै ६१ केजीको कीर्तिमान बनाएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप