२७ वर्षीय युवकद्वारा श्रीमतीसहित ससुराली परिवारमाथि आक्रमण, खुल्यो यस्तो रहस्य
बुटवल-सोमवार राती अर्घाखाँचीमा एक युवाद्धारा आफ्नी श्रीमतीसहित ससुरालीलाई कुखरीले छप्काएर हत्या गर्ने योजना बनाइएको घटना बैदेशिक रोजगारले निम्ताइएको पाइएको छ । सोमबार साँझ करिव ८ बजेको समयमा अघाँखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्वर ६ खमारीवासका २७ वर्षीय चिरन घर्तिले १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासु भुमकला क्षेत्री र ११ वर्षीय साला अर्जुन क्षेत्रीलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
स्थानीय अस्पताल र बुटवलको अस्पतालमा समेत उपचार सम्भव नभएपछि तीनै जनालाई भरतपुरको पुरानो मेडिकल कलेजमा पुर्याइएको छ । हामीले उनै गम्भीर घाईतेका कुरुवा बस्न गएका गिताका कान्छा बाबु नरबहादुर क्षेत्रीसँग बुझ्दा उक्त घटना बैदेशिक रोजगारका क्रमममा बढेको विवाद र असमझदारीबाट घटेको पाइएको छ ।
क्षेत्री भन्छन्– ‘उनीहरुको चार बर्ष अघि प्रेम विवाह भएको हो । चार बर्षकी एक छोरी छन् । मेरो भाईकी छोरी गितालाई विवाह गरेको दुई बर्षपछि उनी बैदेशिक रोजगारका लागि कतार उडेका हुन् । कतारबाट करिव २ बर्षपछि फर्के पछि उनीहरुबीच सम्वन्ध बिग्रेको थियो । डेढ महिनाजति उनीहरु काठमाण्डौ बसेर आएका पनि हुन् । हिजो साँझ छोरी सुत्ने कोठामा पहिल्यै आएर लुकेर बसेका रहेछन् । छोरी भित्र बस्न साथ खुकुरी प्रहार गरे । छोरी भागेर बाहिर निस्कनासाथ छुट्टयाउन आएकी उनकी आमा र भाईलाई पनि खुकुरी प्रहार गरेर मकै बारीमा हाम्फाल्दै भागे ।
छोरी गिताको अप्रेशन गरियो । अहिले होस खुलेको छ । भाई बुहारी र भतिजो अहिले खतरामुक्त भएका छन् । अर्घाखाँचीको खिल्जी प्रहरी चौकीका अनुसार दुई बर्षअघि उनीहरु श्रीमान श्रीमतीको विवाद प्रहरीसम्म आएको थियो र मिलापत्र गरिएको थियो । तीन जनालाई खुकुरी प्रहार गरि फरार रहेका उनको खोजी कार्य भई रहेको अर्घाखाँची प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले बताए ।
खुकुरी प्रहार लगत्तै लेखे स्टाटस्
उनीहरु श्रीमान श्रीमतीबीच मनमुटाव वढेको रहेछ डिएसपी बिष्टले भने– ‘घटनाको केही समयपछि फरार घर्तीले आफ्नो फेसबुकमा स्टटासर लेखेर आफुलाई गरिवीका कारण ससुरालीले हेला गर्ने गरेको लगायतका केहि कुराहरु लेखेर कुखुरी प्रहार गर्नुको कारण ब्यक्त गर्ने कोशिस गरेका छन् । हुन त उनीहरु काठमाण्डौंमा सँगै बसेर फर्किएका पनि छन् । उनकी श्रीमतीका बाबु दिल्लीमा जागिरे भएकोले बेला बेलामा उनी बाबुलाई भेट्न जाने आउने गरेको पनि पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार