शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा आगलागी अपडेट : ३२ सटर खरानी

मङ्गलबार, २८ साउन २०७६, १९ : ५६
मङ्गलबार, २८ साउन २०७६

पोखरा– न्युरोडको एस मिनी मार्केटमा आगलागी हुँदा ३२ सटर जलेर खरानी भएका छन् । दिउँसो करिब ४ बजेर ३० मिनेट जाँदा सुरु भएको आगो ५ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

मिनी मार्केटको ३२ वटा सटर ७ जनाले भाडामा लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । मिनी मार्केटका घरधनी यदुनाथ अधिकारी रहेको उनले बताए । उक्त मिनी मार्केटमा फम हाउस पर्दा, कार्पेट, फर्निचर, इलेक्ट्रिक, चश्मा पसल, खाजा घर, जुस पसल सञ्चालनमा रहेको उनले सुनाए ।  

मिनी मार्केट भाडामा लिने मध्ये अशोक बम्जन, बबिता खाना घर, लिलाधर र ध्रुबबहादुर थापा गरि ४ जनाको मात्र परिचय खुल्न गएको उनले जानकारी दिए । विद्युतीय तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले जनाए । आगलागीबाट भएको आर्थिक क्षति भने अझै खुल्न सकेको छैन । ‘त्यो त अझै खुल्न सकेको छैन,’ प्रवक्ता केसीले भने, ‘हामीले त उहाँहरुले भनेकै आधारमा भन्ने हो ।’

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली साथै स्थानीय पनि खटिएका थिए । आगलागी नियन्त्रणका लागि ४ दमकल र खानेपानीका ट्याङ्कर प्रयोग गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप