शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हामीले ट्याक्सी सञ्चालन गरेका छैनौ: पठाओ नेपाल

मङ्गलबार, २८ साउन २०७६, १९ : ००
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं– पठाओ नेपालले आफुहरुले ट्याक्सी सञ्चालन नगरेको स्पष्ट पारेको छ । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ । पठाओ नेपालले आफुहरुले ट्याक्सी सञ्चालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसनमार्फत जोडेको स्पष्ट गरेको हो ।

पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे निजी सवारी साधनमार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाहपछि नलाग्न आग्रह गरे ।

पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ । कार लाइट सेवा अन्तर्गत बुकिङ चार्ज भन्दै १०० रुपैयाँ ग्राहकलाई लिन गएको, ग्राहकको चाहनाअनुसार प्रतिक्षा गरेको, इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैयाँ लिएको स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप