बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास बैंक एजीएमः चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने

मङ्गलबार, २८ साउन २०७६, १८ : २०
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं– राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्विनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस शेयर वितरण गर्ने निर्णय समेत पारित गरेको छ । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ । 

सभाले संचालक समितिको प्रतिवेदन आ.व २०७५ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५÷०७६ को आषाढ मसान्तसम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । 

हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप