शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिपाडोलका बासिन्दाले एक्कासि बारीभरि प्रहरीको हुल देखेपछि...

मङ्गलबार, २८ साउन २०७६, १७ : ४२
मङ्गलबार, २८ साउन २०७६

भक्तपुर– सिपाडोल ठुलोगाँउका बासिन्दा एकाएक बारीभरि एक्कासि प्रहरीको हुल देखेपछि अचम्ममा परे । मंगलाबार मध्याह्न सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलको ठुलोगाँउमा महानगरिय प्रहरी वृत्त जगातीको टोली पुग्यो ।

प्रहरी नायव उपरिक्षक चक्रराज जोशी नेतृत्वको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजा नष्ट गर्न उक्त स्थानमा पुगेको थियो ।  प्रहरी नायव उपरिक्षक जोशी आफैं हातमा हसिया बोकेर गाँजा नष्ट गर्न सक्रिय भएका थिए । 

प्राकृतिक रुपमा आफैंनै उम्रेका गाँजा स्थानीयका बारीभरि थिए । तर त्यसलाई नष्ट भने बारीधनीहरुले गरेको देखिएन । प्रहरी बारीभरि देखेका स्थानीयहरुले गाँजाको बोट नष्ट गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 
समाजमा विकृति फैलाउने र कूलतलाई बढ्वा दिने गाँजालाई यो समयमा नष्ट गर्न सके त्यसको असर कम हुने प्रनाउ जोशीले बताए । 

स्थानीयको मकैबारी, तरकारी खेतीमा जताततै लागूऔषध गाँजाका बोट थिए । केही घरमा फुलबारीभन्दा पनि गाँजाको घारी धेरै भएकाले पनि प्रहरीले केही दिन यता भक्तपुरमा यो अभियान चलाउँदैं आएको छ ।  मंलबारमात्र ८ हजारभन्दा धेरै गाँजाका बोटहरु नष्ट गरिएको प्रहरी वृत्त जगातीका प्रमुख जोशीले जानकारी दिए । 

आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफैं उम्रेका ४ हजार २ सय गाँजाका बोटहरु नष्ट गरेको थियो ।  भक्तपुरलाई लागूऔषध मुक्त जिल्ला बनाउने प्रहरीको अभियानमा यस्ता खालका गतिविधिले सहयोग पुग्ने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप