बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ
मङ्गलबार, २८ साउन २०७६, १७ : ३२
सप्तरी– एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो.समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । आरोपितहरूले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने