बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मौलाउँदै गरेको विकृती नियन्त्रण गर्ने दिशातर्फ जानुपर्छ : मन्त्री अर्याल

मङ्गलबार, २८ साउन २०७६, १७ : २९
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छन् । 

स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सब तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुदै गएको बताइन् । 

तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताउनुभयो । ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरु विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो । त्यो भन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भनिन्, ‘अब सिस्टमबाटै समस्या ति समस्याको समाधान गर्ने हो । हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याउ ।’

आजको धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका विधि बनाएर नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन् । 

उनले भनिन्, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपछै ।’ 

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले  सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन् । 

‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उनले भनिन्, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप