सिटिजन्सद्वारा भिएस निकेतन स्कूलमा एटीएम सञ्चालन
मङ्गलबार, २८ साउन २०७६, १७ : ०७
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भिएस निकेतन स्कूलमा एटीएम सेवा शुभारम्भ गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा भिएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटीएम सेवाको उद्घाटन गरे ।
यसले गर्दा स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।