बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता

मङ्गलबार, २८ साउन २०७६, १६ : २३
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र रुपन्देही स्थित मर्सि सिटी हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

सम्झौतामा एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप