बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोमा पनि ‘राते काईला’ अर्थात सुनिल भिलेन

मङ्गलबार, २८ साउन २०७६, १६ : १४
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं– नेपाली फिल्मका खुनखार भिलेन सुनिल थापा ‘राते काईला’ को उपनामले चिनिन्छन् । यी नै सुनिल थापा अब म्युजिक भिडियोमा पनि देखिएका छन् । 

फिल्ममा भिलेनको रुपमा देखिँदै आएका उनी म्युजिक भिडियोमा पनि त्यही अन्दाजमा देखिएका छन् । विधान रेशमी मगर र नेपालको फास्ट र्यापरको रुपमा परिचित बुलेट फ्लो अर्थात सुरजविक्रम थापाको गीत ‘झ्याम पुतली’ मा उनले अभिनय गरेका हुन् ।

क्रोनिक बिटले अडियो तयार पारेको गीतको भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । गीतको भिडियो फिल्मशैलीमा हिरो र भिलेन क्रियसन गरेर गरिएको छ । यसरी भिडियो निर्माण गरिएको नेपालमै पहिलो पटक हो । 

यति मात्र होइन गीतको प्रचारमा पनि फिल्म शैली अप्नाइएको छ । फिल्म झै गीतको अहिले टिजर र फष्टलुक बाहिर ल्याइएको छ । जसमा सुनिल थापा भिलेन लुक्समा प्रस्तुत भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप