शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समायोजन व्यक्ति विशेष भएको भन्दै सच्याउन चिकित्सक संघको माग

मङ्गलबार, २८ साउन २०७६, १५ : ३६
मङ्गलबार, २८ साउन २०७६

काठमाडौँ । चिकित्सकको समायोजन ऐन र जेष्ठताको आधारमा नभएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको चिकित्सकको समायोजन व्यक्ति विशेषलाई लक्षित गरिएको भन्दै कार्यविधि, वैज्ञानिक एवं पारदर्शी रुपमा समायोजन गर्नुपर्ने माग गरेको छ ।

चिकित्सकको अहिलेको समायोजनले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने निश्चित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मापदण्ड अनुसार समायोजन गर्न माग गरेका छन् ।  

सरकारले चिकित्सकको समायोजनलाई नसच्याए नेपाल चिकित्सक संघ जस्तोसुकै कदम चाल्न बाध्य हुने हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप