शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई बोलाएर भिषा दियो

मङ्गलबार, २८ साउन २०७६, १५ : ०४
मङ्गलबार, २८ साउन २०७६

काठमाडौँ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीषा दिन अस्वीकार गरेको ४ घण्टापछि फेरि बोलाएर भिषा दिएको छ ।

अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई मंगलबार बिहान भिषा दिएको थिएन । त्यसपछि लामिछानेले प्रधानमन्त्रीलाई मेन्सन गर्दै आफूलाई अमेरिकाले भिषा नदिएकोमा आश्चर्य मान्दै ट्वीट गरेका थिए । 

क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिषा सम्बन्धी निर्णय रिभ्यू गर्न भन्दै बिहान ११ बजे बोलाएको थियो । रिभ्यूपछि लामिछानेलाई भिषा दिइएको हो । 

दूतावासले भिषा दिएपछि लामिछानेले धन्यवाद समेत दिएका छन् । 

सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए ।

क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।

सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप