क्रिकेटमा अब स्मार्ट बल
एजेन्सी । क्रिकेटमा अब माइक्रोचिप्ससहितको स्मार्ट बल प्रयोग गरिने भएको छ ।
अष्ट्रेलियाको क्रिकेट बल निर्माण कम्पनी कुकाबुर्राले माइक्रोचिप्स प्रयोग गरेर नयाँ बल निर्माण गरेको हो । यस बलको नाम ‘द स्मार्ट बल’ राखिएको छ ।
नयाँ प्रविधिसहितको यस बलले क्रिकेट खेलमा क्रान्तिकारी प्रभाव पार्ने विश्वास गरिएको छ । कुकाबुर्राले गतहप्ता मात्र यो बल सार्वजनिक गरेको थियो ।
यसको प्रयोग सफल भएमा छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उपयोगमा ल्याइनेछ । अस्ट्रेलियाको बिग बास लिगमा पहिलो पटक स्मार्ट बलको प्रयोग हुनसक्ने बताइएको छ ।
स्मार्ट बलले बलको स्पीडबारे तीब्र गतिमा तथ्याङ्कहरु निकाल्न सहयोग पुग्ने विश्वास पनि गरिएको छ ।
बल रिलिज गरेदेखि बाउन्स हुनुअघि र बाउन्स भएपछि सामान्य स्पिडमापक राडार भन्दा यसले सहि र विस्तृत जानकारी दिनेछ ।
यसले स्पिनरहरुको लागि अहिलेसम्म उपलब्ध नभएको क्रान्तिकारी तथ्याङ्कसमेत उपलब्ध गराउने दावी गरिएको छ ।
यो बल कुकाबुर्राको पुरानो बल जस्तै देखिन्छ र त्यसरीनै काम पनिगर्छ । यस बलले लाइभ ब्रोर्डकास्ट र समर्थकलाई समेत थप मनोरञ्जन दिने विश्वास गरिएको छ । थर्ड अम्पायरलाई डीआरएसको निर्णय लिन पनि यसले ठूलो सहयोग पुग्ने दावी कम्पनीको छ ।
कुकाबुर्राले यस बलको प्रयोग विशेषगरी टेस्ट क्रिकेटमा गराउन चाहेको बताएको छ । विश्व क्रिकेट परिषद् (आईसीसी) ले प्रयोगपछि मान्यता दिएपछि मात्र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा यस बलको प्रयोग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला