शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सर्पले डसेर एक महिलाको मृत्यु

मङ्गलबार, २८ साउन २०७६, १२ : १२
मङ्गलबार, २८ साउन २०७६

बुटवल  । रुपन्देहीको सैनामैनामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।

घरको छेउमा सुकमायालाई खुट्टाको औँलामा विषालु सर्पले डसेको थियो । उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका ल्याएकोमा अस्पतालले मृत भएको घोषणा गरेको थियो ।

अधिक गर्मी बढेसँगै रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत ठाउँमा विषालु सर्पको विगविगी हुन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप