मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास
मङ्गलबार, २८ साउन २०७६, ०६ : २९
निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद दीनानाथ शर्मा, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डे, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी र पत्रकार महासंघका प्रतिनिधि सहभागी थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण