शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भवनमा आगलागी

सोमबार, २७ साउन २०७६, १९ : ४४
सोमबार, २७ साउन २०७६

काठमाडौं– त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानकारी दिए । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका वृत्त प्रमुख प्रसाईँले बताए । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप