बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मोहनविक्रमले भारतीय राजदूतसँग पत्नीलाई मन्त्री बनाउने प्रस्ताव राखेको खबर बाहिरिएपछि...

सोमबार, २७ साउन २०७६, १८ : ३९
सोमबार, २७ साउन २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र उनी पत्नी सांसद दुर्गा पौडेलले केही मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । मसालका प्रवक्ता रामप्रकाश पुरीले सोमबार विज्ञप्ति जारी गर्दै ती मिडियाले महामन्त्री सिंह र सांसद पौडेलको चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । विज्ञप्तिमा चरित्र हत्या गर्ने उद्धेश्य समाचार प्रकाशित गर्ने मिडियालाई कार्वाही गर्न समेत प्रेस काउन्सिसँग माग गरिएको छ ।  

केही दिन अगाडि महामन्त्री सिंह र  सांसद पौडेलले एउटा विवाह समारोहमा सहभागी भएको बेला भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग  दुई घण्टा गोप्य वार्ता गरेको र उक्त गोप्य वार्तामा आफ्नी पत्नी पौडेललाई मन्त्री बनाइदिनका लागि सिंहले अनुरोध गरेका थिए भन्ने समाचार प्रकाशित गरेका थिए । तर ती पत्रिकारहरुले उक्त समाचारको खण्डन गर्न समेत आवश्यक नठानेको महामन्त्री सिंह र सांसद पौडेलले आरोप लगाएका छन् । उनीहरुले अलग–अलग निवेदनसहित प्रेस काउन्सिलमा उजुरी समेत दर्ता गरेका थिए  । तर, काउन्सिलले समेत आवश्यक कदम नचालेको उनीहरुको आरोप छ ।

आफ्नो पार्टीले प्रेसको स्वतन्त्रताका पक्षमा सधैँ आवाज उठाउँदै आएको र त्यसमाथि नियन्त्रण गर्ने सरकारको प्रयत्न वा विधेयकका विरुद्ध समेत आवाज उठाउँदै आएको विज्ञप्तिमा दाबी गरिएको। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप