बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

सोमबार, २७ साउन २०७६, १५ : ४५
सोमबार, २७ साउन २०७६

जनकपुर– जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहँदा ५ जना पक्राउ परेका छन् ।  स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए ।  

सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित ५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको अवस्थामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने लिलाराज शिवभक्ति, जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने सोनुकुमार साह, सोही स्थानका लालबाबु मण्डल, सोही स्थानका सुजितकुमार मण्डल र सर्लाही इश्वरपुरका अविनाश महतोलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।

राराब क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र विषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको थियो । स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप