राखी सावन्तको गोप्य विवाहमाथि भड्किए दिपक कलालः भने, ‘चार दिनभित्र ४ करोड फिर्ता गर’
कन्ट्रोभर्सी क्विनको रुपमा स्थापित राखी सावन्त आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन् । राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित छन् । यस्तै युट्युबर दिपक कलाल भने उनले विवाह गरेकोमा भड्किइसकेका छन् ।
गत वर्ष राखी र दिपकको विवाहको चर्चा थियो । तर पछि यो अफवाह मात्रै साबित भयो । अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भने । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड लिएको आरोप लगाएका छन् । त्यो पैसा राखीले खाएको भन्दै चार दिनभित्र चार करोड फिर्ता दिन आग्रह गरेका छन् ।
यस्तो अर्को एउटा भिडियोमा दिपकले राखीका श्रीमानलाई पनि तथानाम भनिरहेका छन् । यसमा राखीले पनि आफ्नो भिडियो पोष्ट गर्दै भनेकी छिन्, ‘म सत्य सावित्री हुँ, अब तैँले मेरो कालीको रुप देख्नेछन्, दुर्गाको रुप देख्नेछन् । तँ पातालमा नै लुकेपनि म तँलाई जसरी पनि खोजेर निकाल्नेछु । ’
‘म राधे माँको त्रिशुलले तेरो वध गर्नेछु,’ उनले थपिन् ।
स्मरण रहोस्, राखीले २० जुलाईमा विवाह गरेकी थिइन् । उनले क्रिश्चियन ब्राइडल गाउनमा पनि आफ्ना केही फोटो पोस्ट गरिन् तर यसको क्याप्सनमा राखीले लेखेकी थिइन्, ‘ब्राइडल शूट’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प