शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाईब्रेकरमा रोमासँग हार्यो रियल

सोमबार, २७ साउन २०७६, ११ : ५०
सोमबार, २७ साउन २०७६

एजेन्सी । प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस टोली रियल म्याड्रिड इटालियन क्लब एस रोमासँग टाईब्रेकरमा ५–४ गोलले पराजित भएको छ ।

रोमाको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल पेनाल्टीमा चुकेको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो । 

पेनाल्टीमा रियलका मार्सेलो चुकेपछि रोमाले बाजी मारेको थियो । यसअघि निर्धारित समयमा रियलका लागि मार्सेलोले १६औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।

त्यसपछि रोमाका डिएगो पेरोट्टीले ३४औं मिनेटमा बराबरी गोल फर्काए । ३९औ मिनेटमा कासिमेरोले गोल गर्दै रियललाई पुनः अगाडी बढाए । एकमिनेट लगत्यै रोमाका इडेन जेकोले बराबरी गोल गरेका थिए । 

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । यस खेलमा रियलका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेललाई दोस्रो हाफमा मौका दिएका थिए । 

३० मिनेट खेल्न पाएका बेलले गोल गर्न भने सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप