शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सीलाई युनाइटेडको झट्का

सोमबार, २७ साउन २०७६, ११ : ४५
सोमबार, २७ साउन २०७६

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यानचेस्टर युनाईटेडको नमिठो झट्का लागेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–० गोलले हरायो । 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जिताउन मार्कस रास्फोर्डले दुई गोल गरे । एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरेका थिए ।

रास्फोर्डले १८औं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा तीन गोल गरेको थियो । 

६५औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । ६७औं मिनेटमा रास्फोर्डले व्यक्तिगत दोस्रो गोल गरे । ८१औं मिनेटमा जेम्स ड्यानियलले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए । 

पहिलो हापका केही राम्रा मौका गुमाएको चेल्सी दोस्रो हाफमा कमजोर बनेको थियो ।

यसैगरी आइतबार रातिनै भएको अर्को खेलमा आर्सनलले न्युक्यासल युनाईटेडलाई १–० गोल पराजित गरेको छ । आर्सनलको कठिन जितमा पिर्रे एम्रिक आबुमियाङले गोल गरे । 

पिर्रेले ५८औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । अर्को खेलमा लेस्टर सिटी रगोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप