सोमपालको विनिपेग हक्स ग्लोबल टी–२० च्याम्पियन
एजेन्सी । नेपालका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै विनिपेग हक्स च्याम्पियन बनेको हो ।
रोचक खेलमा हक्सले सुपर ओभरमा १० रनको लक्ष्य पाएको थियो । जसमा हक्सले चार बलका लक्ष्य पूरा गरेको थियो । यससँगै सोमपाल विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । यद्यपि सोमपालले खेल्न भने पाएनन् । अघिल्ला खेलमा कमजोर प्रदर्शन गरेका कारण उनी बाहिर थिए ।
एक सय ९३ रनको विजयी लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९२ रन बनाएको थियो । भ्यानकुभरको लागि कप्तान सोयब मल्लिकले ६४ रन बनाए । आन्द्रे रसेलले अविजित४६ रन बनाएका थिए । रस्सि भानडर दुसेन २३, ड्यानियल सम्सले २१ र शाख बीन जफार २७ रन बनाए । हक्सका कप्तान रायद इम्रिट र पल भान मेर्करेनले दुइृ दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ९२ रन बनाएको थियो । हक्सका लागि शैमन अनवारले ९० रन बनाए । क्रिस लिनले ३७, जेपी ड्युमिनीले ३३ र हमजा तारिकले १५ रन बनाएका थिए । भ्यानकुभरका आन्द्रे रसेलले चार विकेट लिए । अली खान र रयान पठानले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
-
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
-
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण