शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी महिलाले सोधिन्, ‘युद्धलाई प्रोत्साहन किन ?’ प्रियंकाले जवाफ दिइन्, ‘माफ गर्नुहोस्, म देशभक्त हुँ’

सोमबार, २७ साउन २०७६, ०८ : ०५
सोमबार, २७ साउन २०७६

प्रियंका चोपडा लस एन्जिल्समा ब्यूटीकन फेस्टिबल २०१९ मा उपस्थित थिइन् । यतिबेला उनले एक महिलाले उनलाई युनाइटेड नेशनको गुडविल एम्बेसडर हुँदासमेत युद्धलाई किन प्रोत्साहन दिइरहेकी थिइन् भनेर प्रश्न सोधिन् । प्रियंकाले जवाफमा आफूलाई देशभक्त बताइन् । त्यसपछि भारतीय मिडियामा उनको लगातार प्रशंसा भइरहेको छ ।

स्मरण रहोस्, जुन ट्वीटको विषयमा ती महिलाले प्रश्न गरेकी थिइन् त्यो ट्वीट उनले बालाकोट हवाई हमलापछि गरेकी थिइन् ।

सोसल मिडियामा भाइरल भयो भिडियोः

सोसल मिडियामा सेयर गरिएको एउटा भिडियोमा एक महिलाले प्रियंका चोपडालाई भनिरहेकी छिन्, ‘तपाईं शान्तिका लागि संयुक्त राष्ट्र गुडविल एम्बेसडर हुन् र तपाईं पाकिस्तानमा परमाणु युद्धलाई प्रोत्साहित गरिरहेकी छिन् । तपाईंले जुन भन्नुभयो त्यो राम्रो तरिका होइन । एक पाकिस्तानी भएको नाताले मजस्ता लाखौं मानिस तपाईंका समर्थक छन् । ’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

..Yesterday Priyanka was speaking at Beautycon when a Pakistani woman decided to try to embarrass her. A few months ago 40 Indian soldiers were killed in a terrorist attack and the terrorists behind this attack were operating from Pakistan Occupied Kashmir Indian Army flew into Pakistan without being noticed and destroyed their terrorist camps in Pakistan occupied region without hurting a single civilian or a soldier.... Every Indian was proud of the Indian army and Priyanka tweeted "Jai Hind" which translates to "Long live India" However, Pakistanis seem to think she encouraged war even when there was no war to encourage.. Priyanka has always been someone who promotes peace☮️ People need to understand that she is a proud Indian We love our nation and we only wish peace and love for the world Stop attacking my girl .. I loved how calm and composed and sassy Priyanka was here ❤️ Jai hind 🇮🇳🇮🇳 . . .#priyankachopra #nickjonas #prick #love #bollywood #hollywood #quantico #b soaywatch #newyork #nyc #la #losangeles #makeup #hair #beautycon #eyes #joejonas #sophieturner #jonasbrothers #zairawasim #rohitsaraf #farhanakhtar #cannesfilmfestival2019 #cannes #metgala #memes #themetgala2019 @priyankachopra @nickjonas @sophiet @joejonas

A post shared by Imperfect Perfections (@priyankachopra_globe) on

यो ट्वीटमा उठाइएको थियो प्रश्नः

प्रियंकाले भनिन्, ‘म देशभक्त हुँ’

प्रियंकाले ती महिलालाई जवाफ दिँदै भनिन्, ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ । युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ । तर म देशभक्त हुँ । त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु । तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं । हामी सबै हिँड्ने मिल्ने एउटा बीचको बाटो  तय गर्नुपर्छ । ठिक त्यस्तै जुन तपाईं पनि गर्नुहुन्छ । हामी सबै प्रेमका लागि यहाँ छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप