पाकिस्तानी महिलाले सोधिन्, ‘युद्धलाई प्रोत्साहन किन ?’ प्रियंकाले जवाफ दिइन्, ‘माफ गर्नुहोस्, म देशभक्त हुँ’
प्रियंका चोपडा लस एन्जिल्समा ब्यूटीकन फेस्टिबल २०१९ मा उपस्थित थिइन् । यतिबेला उनले एक महिलाले उनलाई युनाइटेड नेशनको गुडविल एम्बेसडर हुँदासमेत युद्धलाई किन प्रोत्साहन दिइरहेकी थिइन् भनेर प्रश्न सोधिन् । प्रियंकाले जवाफमा आफूलाई देशभक्त बताइन् । त्यसपछि भारतीय मिडियामा उनको लगातार प्रशंसा भइरहेको छ ।
स्मरण रहोस्, जुन ट्वीटको विषयमा ती महिलाले प्रश्न गरेकी थिइन् त्यो ट्वीट उनले बालाकोट हवाई हमलापछि गरेकी थिइन् ।
सोसल मिडियामा भाइरल भयो भिडियोः
सोसल मिडियामा सेयर गरिएको एउटा भिडियोमा एक महिलाले प्रियंका चोपडालाई भनिरहेकी छिन्, ‘तपाईं शान्तिका लागि संयुक्त राष्ट्र गुडविल एम्बेसडर हुन् र तपाईं पाकिस्तानमा परमाणु युद्धलाई प्रोत्साहित गरिरहेकी छिन् । तपाईंले जुन भन्नुभयो त्यो राम्रो तरिका होइन । एक पाकिस्तानी भएको नाताले मजस्ता लाखौं मानिस तपाईंका समर्थक छन् । ’
यो ट्वीटमा उठाइएको थियो प्रश्नः
Jai Hind #IndianArmedForces 🇮🇳 🙏🏽
— PRIYANKA (@priyankachopra) February 26, 2019
प्रियंकाले भनिन्, ‘म देशभक्त हुँ’
प्रियंकाले ती महिलालाई जवाफ दिँदै भनिन्, ‘मेरो पाकिस्तानका थुप्रै साथी छन् र म भारतकी हुँ । युद्ध कुनै यस्तो कुरा होइन, जुन साँच्चै नै मलाई मनपर्छ । तर म देशभक्त हुँ । त्यसकारण मलाई माया गर्नेहरुको भावनालाई आहत पुगेकोमा म खेद व्यक्त गर्छु । तर मलाई लाग्छ कि, हामी सबै एकै किसिमका छौं । हामी सबै हिँड्ने मिल्ने एउटा बीचको बाटो तय गर्नुपर्छ । ठिक त्यस्तै जुन तपाईं पनि गर्नुहुन्छ । हामी सबै प्रेमका लागि यहाँ छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण