केन्द्रीय संस्करण

यसरी बन्ने भए काँग्रेसमा अन्तरिम संरचना, पारित भयो निर्देशिका

person explore access_timeसाउन २६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– नेपाली काँग्रेसले पाटीर्कोे स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका पारित गरेको छ । आईतबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्देशिका पारित गरेको हो ।

विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी बैठकले पार्टी स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । योसँगै काँग्रेसमा वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्रीय र संघीय निर्वाचन क्षेत्र कार्यसमितिका सहमतिमा सहमतिको आधारमा नेतृत्व चयन हुने भएका छन् ।

पार्टी विधानको दफा ७२ को उपदफा ४ बमोजिम अन्तरिम संरचना सम्बन्धी व्यवस्थामा नयाँ संविधान स्थानीय तहको सीमांकन हेरफेर भएको अवस्थामा १३ औं महाधिवेशनमा विभिन्न तहबाट छानिएका प्रतिनिधिले सम्बन्धित तहको कार्यसमिति र नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ । तर, आज पारित निर्देशिकाले स्थानीय तहदेखि पुर्नसंरचना भएका प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको कार्य समितिसमेत सहमति र तजविजकै आधारमा निर्माण हुने व्यवस्था गरको छ ।

यसरी बन्छन् संरचना
वडारगाउँ, नगर र निर्वाचन क्षेत्रका इकाइहरू समायोजन भएका ठाउँमा एकभन्दा बढी सभापति रहेको कार्यसमितिमा पदाधिकारी र सदस्यहरू यथावत् रहनेछन् । दुईभन्दा बढी सभापति भएका कार्यसमितिमा नेतृत्व चयनको प्रक्रिया हुनेछ । समितिमा दुईभन्दा बढी सभापति भएका तर यसअघि नै सहमति भएको भए त्यसैलाई मान्यता दिने प्रस्ताव छ ।

सहमति नभएकामा सम्बन्धित इकाइ सभापतिहरूको हस्तक्षरसहित एक जनालाई सहमतिमा बनाउने प्रयास गर्ने र त्यसो गर्न सम्भव नभए साविक गाविसको पुरै वडा वा आंशिक भाग नगरपालिकाको साविकको वडामा समायोजित भएको भए साविकको नगर र वडा सभापतिलाई नेतृृत्वमा चयन गर्ने मापदण्ड बनाइएको छ ।

साविकको गाविस एकभन्दा बढी वडामा विभाजित भएको भए सभापति नभएको रूपान्तरित वार्डको भू–भागमा रहेका साविकका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाटै कार्यसमिति बनाइने छ । सभापतिको हकमा वरिष्ठ पदाधिकारी वा पदाधिकारी नभएकोमा वरिष्ठ कार्यसमितिका सदस्यलाई नेतृत्वमा चयन गर्ने प्रस्ताव छ ।

साविकको गाविसको सिंगै वडा वा वडाहरूको आंशिक भाग अर्को गाविसकको सिंगै वडामा समायोजित भएको भए सिंगै वडाको सभापति रूपान्तरित वडाको सभापति हुनेछ । साविक गाउँरनगरपालिकाका दुई वा दुईभन्दा बढी वडा मिली हालको एउटा वडा बनेको छ भने बढी जनसंख्या (पार्टीको क्रियाशील सदस्य) भएको वडाका सभापति कायम रहनेछन् ।

यस्तै साविकको कुनै गाउँ र नगरपालिकाको सिंगो वा आंशिक भू–भाग अर्को सिंगो नगरपालिकामा समायोजित भइ बनेको छ भने साविकको बढी वडा इकाइ भएको नगरपालिका कार्यसमितिको सभापति रूपान्तरित नगरपालिकाको सभापति हुने व्यवस्था गरिएको छ । तर, साविकका गाविसहरू वा आंशिक भू–भाग मिली बनेको गाउँपालिकाको हकमा जुन साविकको गाविसका जनसंख्या (पार्टीको क्रियाशील सदस्य) बढी छ, त्यसैको सभापति रूपान्तरित गाउँपालिकाको पनि सभापति बन्नेछन् ।

यस्तै सीमांकन हेरफेर भई नयाँ बनेका क्षेत्रभित्र साविकका बढी वडा रहेको भूभागको साविक सभापति रूपान्तरित क्षेत्रीय कार्य समितिको सभापति बन्नेछ । यसैगरी दुई निर्वाचन क्षेत्र गाभिएर एक भएको हकमा साविकको प्रतिनिधिसभा क्षेत्रीय समितिको सभापतिलगायत सम्पूर्ण कार्यसमिति प्रदेश निर्वाचन क्षेत्रीय समितिमा रूपान्तरण हुनेछ ।

साविकको दुई निर्वाचन क्षेत्र भएको बाहेकको क्षेत्रमा भने ‘क’ प्रदेश निर्वाचन क्षेत्रमा बसोवास गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरू नै सोही निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू हुने प्रस्ताव छ । त्यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा पनि त्यही प्रावधान लागू हुनेछ ।

सभापतिको हकमा प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन समितिको सभापति हुन नपाएका सभापति प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्ने व्यवस्था गरिएको छ । त्यस्तो सभापति नभएको खण्डमा पदाधिकारीमध्येबाट वरिष्ठ पदमा रहेको र पदाधिकारी नभएको खण्डमा वरिष्ठ सदस्य सभापति बन्ने प्रावधान ल्याइएको छ । सभापति हुन नपाएका पुराना संरचनाका सभापतिलाई सम्बन्धित इकाइको सहसभापति बनाउने प्रस्ताव छ । तर काँग्रेसले प्रदेश कार्यसमिति निर्माणको भने कुनै निर्णय नगरेको केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बताए । प्रदेश कमिटी कसरी गठन गर्ने भन्नेबारे आगामी २९ गते बस्ने बैठकले निर्णय गर्ने उनको भनाई छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...