मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा

आइतबार, २६ साउन २०७६, १९ : ०६
आइतबार, २६ साउन २०७६

काठमाडौं– नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्गसले इको भ्यानको सफलतापछि अब कार्गो भर्सन नेपाली बजारमा प्रस्तुत गरेको छ । 

इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकताहरुलाई पूरा गर्दछ । यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थीरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु यसमा विद्यमान रहेका छन् । जसले गर्दा ट्रान्जिटको वेला हुने क्षतिलाई कम गर्न मद्दत पुग्दछ ।

यसका साथसाथै कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुन्छ । भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६२० केजी सहजै ढुवानी गरेको थियो । 

यसमा विभिन्न सुरक्षित विशेषताहरु जस्तैः  बलियो लोड डिस्पे्रसिङ्ग च्यासिस, ड्राइभर र प्यासेन्जसको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ्ग सेन्सर जस्ता सुविधाहरु यसमा रहेका छन् । 

यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने हुँदा वास्तवमै यो नाफा प्रदान गर्ने गाडीका रुपमा रहने छ ।

इको कार्गोको नेपाली बजार मूल्य १२ लाख ९९ हजार तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप