शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला स्वास्थ्यका लागि “नलेज क्याफे”

आइतबार, २६ साउन २०७६, १६ : १३
आइतबार, २६ साउन २०७६

काठमाडौं– प्रायः महिलाहरुले आफ्नो परिवारको आवश्यकतालाई अगाडि राख्दा राख्दै आफ्नै आवश्यकतालाई भने वेवास्ता गरेको देखिन्छ । 

नेपालमा महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले नेसोग (स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल) ले नेपालमा आफ्नो व्यापार विस्तार गरिरहेको भारतको औषधि उत्पादक कम्पनी मेयर भाइटाबायोटिक्सको साथमा स्त्री रोग समुदायको निम्ति “नलेज क्याफे” नामक गोष्ठीको आयोजना गर्यो । 

यही अगस्ट ९ मा भएको कार्यक्रममा महिलाहरुलाई दैनिक रुपमा प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यक पर्दछ भन्नेबारे जानकारी दिइएको छ । महिलाहरुमा पोषणको अभावले उनीहरुको शिशुको स्वास्थ्यलाई पनि प्रभाव पार्दछ भन्नेबारे उनीहरुको पौष्टिक आहारमा सुधार ल्याउनु जरुरी हुन्छ । 

नेसोग तथा मेयर भाइटाबायोटिक्सको आर्टिस्ट (एसियन रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट फर स्किल ट्रान्सफर) सँगको सहकार्यमा आयोजित उक्त गोष्ठीले महिलाहरुको जीवनको प्रत्येक चरणमा विभिन्न पौष्टिक आहारहरुको महत्वको बारेमा प्रकाश पारेको थियो ।  

भारतका प्रख्यात स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. हेमा दिवाकरले पौष्टिक आहारको वारे जानकारी दिईन् ।

त्यसैगरी प्राध्यापक डा. हिरा तुलाधर तथा प्राध्यापक डा. दिव्य श्री मल्लले पनि महिला स्वास्थ्यबारे भनाई राखेका थिए ।

कार्यक्रम अन्तर्गत छलफलमा विभिन्न प्यानलिस्टहरुको उपस्थिति रहेको थियो जसले विभिन्न विषयहरुमा छलफल गरे । कार्यक्रममा महिलाहरुका लागि क्याल्सियमको आवश्यकता, कसरी क्याल्सियमले स्वास्थ्यलाई मद्दत गर्छ, गर्भावस्थामा मधुमेहका लागि फिगो निर्देशिकाको कार्यान्वयन लगायतका विषयहरुमा छलफल भएको थियो ।

मेयर भाइटाबायोटिक्स बेलायतको नं १ तथा विश्वप्रख्यात न्युट्रास्युटिकल कम्पनीको ग्लोबल पार्टनर हो । कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा हालै नेपालमा पनि आफ्ना पौष्टिक उत्पादनहरु भित्र्याएको छ । विगत ३० वर्षदेखि भारतको प्रमुख क्याल्सियम उत्पादनको रुपमा स्थापित विशिष्ट क्याल्सियम उत्पादन क्याल्सिम्याक्स सहित कम्पनीको नेपालमा आगमन भएको हो । 

कम्पनीको अनुसार क्याल्सियमको आवश्यकता जीवनको हरेक चरण अनुसार फरक हुन्छ । क्याल्सिम्याक्स प्लस लिक्वीड सस्पेन्सनले किशोर अवस्थामा बालिकाहरु तथा जेरियाट्रिक बिरामीहरुको हड्डीको ख्याल राख्दछ, क्याल्सिम्याक्स फोर्टे प्लसले गर्भावस्थामा एवं स्तनपान गराइरहेका आमाहरुको क्याल्सियम आवश्यकतालाई पूर्ति गर्दछ भने क्याल्सिम्याक्स पी ले रजोनिवृत्ति पश्चात्को उमेरमा महत्वपूर्ण भूमिका खेल्दछ । 

आफ्ना विभिन्न उत्कृष्ट उत्पादनहरुको माध्यमले मेयर भाइटाबायोटिक्स नेपालीहरुको स्थास्थ्यमा सुधार ल्याउन सफल रहनेमा विश्वस्त रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप