बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवल बस टर्मिनल परिसरमा आठ करोडको बहुउद्देश्यीय सपिङ् कम्पलेक्स

आइतबार, २६ साउन २०७६, १५ : ४२
आइतबार, २६ साउन २०७६

बुटवल– बुटवल उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स ‘बहुउद्देश्यीय भवन’ निर्माण गर्ने भएको छ । लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुन लागेको पार्किङसहितको तीन तलाको भवनको आज उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्दै बुटवललाई आर्थिक कारोवारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्नेगरी बहुउद्देश्यीय भवनको उपयोग हुने प्रमुख सुवेदीले बताए ।

उनले बुटवलमा जग्गा अभावसँगै बहुतले भवन बनाउनको  विज्ञहरुसँग छलफल र प्राविधिक अध्ययन भइरहेको बताए ।  त्यसअवसरमा निर्माण कम्पनी प्रेम सुनिल समिर जेभिका प्रोपाईटर नारायण पोख्रेलले निर्माणकार्य तोकेको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

बस टर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो । यसका लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले बताए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका अर्का इन्जिनियर रुक्माङ्गत बस्यालले बताए । भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप