शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

आइतबार, २६ साउन २०७६, १३ : ०३
आइतबार, २६ साउन २०७६

म्यानमार– म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहाननसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् । 

तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ । बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।  ‘अहिलेसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ, बाढी पहिरोमा परेकाहरुको खोजी कार्य अझै पनि जारी छ,’ पाउङ नगरका प्रशासक जाव मोए औङले एएफपीसँग भने । 

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोले मोन, करेन र काचिन राज्यका धेरै पुल तथा सडकमा क्षति पुगेको छ ।  सेना र प्रहरी समेतका सुरक्षाकर्मीहरु प्रकोप प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा खटिइरहेका छन् । प्रभावित क्षेत्रका विस्थापित जनतालाई खाद्य सामग्री पु¥याउन हेलिकोप्टरको समेत प्रयोग गरिएको छ । 

त्यस क्षेत्रमा बाढी पहिरोले झण्डै चार हजार घर प्रभावित भएका छन् । त्यस ठाउँबाट झण्डै २५ हजार विस्थापित भएका छन् । उनीहरुलाई विभिन्न ठाउँमा अस्थायी शिविरमा राखिएको छ ।    स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेतिर लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो । –एएफपी/photo- Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप