शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पानीमुनि चल्ने रेलसेवा सुरु हुँदै

आइतबार, २६ साउन २०७६, १० : १७
आइतबार, २६ साउन २०७६

एजेन्सी । भारतका केन्द्रीय रेल मन्त्री पीयूष गोयलले विहिबार भारतले छिट्टै पानीमुनि चल्ने रेलसेवा सुरु गर्ने बताए । 

ट्वीट गर्दै पियूषले यो जानकारी दिएका हुन् । ट्वीटमा पियूषले लेखका छन् ,‘भारतको पानी मुनि चल्ने रेल पहिलो पटक कोलकाताको हुगली नदीमुनि चलाइनेछ । यो उत्कृष्ट इन्जिनियरिङको उदारण हो । यो भारतमा निरन्तर भइरहेको रेल्वे सेवाको प्रगतिको प्रतीक हो । यो बनेपछि कोलकाताका मानिसलाई सुविधा पुग्नेछ भने पुरा देशलाई गर्वको महसुस हुनेछ ।’

ट्वीटमा गोयलले एउटा भिडियो पोस्ट गरेका छन् जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिन्छन् । उनी मेट्रो सुरुङको निर्माणमा भएको प्रगतिबारे कुरा गर्दै गरेको देखिन्छन् । 
भारतीय रेलसेवाद्वारा जारी गरिएको भिडियोमा दुई वटा सुरुङमा पानीको चुहावट रोक्नको लागि सुरक्षाको दृष्टिले चार आवरणबारे चर्चा गरिउको छ । 

यही महिना सुचारु हुनेछ सेवा
नयाँ बन्ने ट्रेन कोलकाता मेट्रो लाइन २ को हिस्सा हुनेछ । यसको नाम ‘इस्ट–वेस्ट’ मेट्रो रहनेछ । १६ किमीको मेट्रो–लाइनको दुई फेज सुरु गरिनेछ । 

पहिलो चरणमा साल्ट लेक सेक्टर–५को साल्ट लेक स्टेडियम स्टेशनसँग जोडिनेछ । पहिलो फेज पाँच किमी लम्बाईको हुनेछ । यो मेट्रोसेवा यही महिना सुरु हुनेछ । 

२०१७ बाट निर्माण सुरु
यो लाइनलाई साल्ट लेक सेक्टर–५ स्टेशनसँग हावडा मैदानसम्म जोडिनेछ । मेट्रोको सुरुङ सन् २०१७ अप्रिलबाट बनाउन सुरु गरिएको हो । सुरुङ ५२० मिटर लामो र ३० मिटर गहिरो छ । 
सन् २०१७ मा निर्माणकार्य सुरु गरिदाँ, परियोजनाका प्रमुख इन्जिनियर परशुराम सिंहले कोलकातामा भारतमै पहिले मेट्रो सेवा सुरु भएको र पानी मुनि चल्ने मेट्रो चलाउने पनि पहिलो सहर हुने बताएका थिए । 

भारतको पहिलो मेट्रो सेवा कोलकातामा सुरु भएको भए पनि हालसम्म त्यहाँ एउटै मेट्रो लाइन चलिरहेको छ । त्यसलाई नर्थ–साउथ मेट्रोको नामले चिनिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप