शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन चम्किएपछि टोट्टनहाम विजयी

आइतबार, २६ साउन २०७६, ०९ : ०२
आइतबार, २६ साउन २०७६

स्टार स्ट्राईकर ह्यारी केनले दुई गोल गरेपछि टोट्टनहामले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा टोट्टनहामले एस्टन भिल्लालाई ३–१ गोलले हरायो ।

घरेलु मैदानमा भएको खेलमा टोट्टनहामले खेलको अन्तिम समयमा लगातार गोल गर्दै हार टारेको थियो । खेलमा सुरुवाती अग्रता एस्टन भिल्लाले लिएको थियो । जोन म्याकगिनले नवौं मिनेटमा गोल गर्र्दै एस्टन भिल्लालाई अग्रता दिलाए । त्यसपछि टोट्टनहामलाई बराबरी गोल फर्काउन ७३औं मिनेटसम्म पर्खनु परेको थियो । टोट्टनहामका तान्गे नेडोम्बेले बराबरी गोल फर्काए । ८६आंै मिनेटमा ह्यारी केनले गोल गर्दै टोट्टनहामलाई अगाडी बढाए ।

केनले दोस्रो हाफको अन्तिम मिनेटमा अर्को गोल थप्दै टोट्टनहामको जित सहज बनाए । जितसँगै टोटनहमले तीन अंंक बानाएको छ । शनिबार रातिनै भएको खेलमा ब्राईटनले वाटफोर्डलाई ३–० गोलले हराएको छ । अर्को खेलमा क्रिस्टल प्यालेस र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा साउथह्यामटनले बर्नलीलाई ३–० गोलले स्तब्ध बनायो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप