केन्द्रीय संस्करण

एट्लेटिकोसँग हार्‍यो रोनाल्डोको युभेन्ट्स

person explore access_timeसाउन २६, २०७६ chat_bubble_outline0

प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा फुटबलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन क्लब युभेन्ट्सलाई २–१ गोलले हराएको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोलाई जिताउन दुवै गोल जोओ फेलिक्सले गरेका थिए । युभेन्ट्सका लागि सामी खेडिराले सान्त्वना गोल फर्काए । एट्लेटिकोले २४ औंमिनेटमा खाता खोलेको थियो । फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । त्यसपछि २९औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए । ३३औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई अगाडी बढाए ।

युनेन्ट्सले क्रिस्टियानो रोनाल्डो लगायत स्टार खेलाडी उतारेको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा लगातार गोलको अवसर बनाएपनि युभेन्ट्सले गोल फर्काएन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि एट्लेटिको  विजयी भयो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...