बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अनिवार्य प्यानको व्यवस्था तत्काल कार्यान्वयन गर्न सकिँदैन : साना व्यवसायी

शनिबार, २५ साउन २०७६, १५ : ५२
शनिबार, २५ साउन २०७६

साना तथा मझौला व्यवसायीहरुले सरकारले सुरु गरेको अनिवार्य प्यान लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले सनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीहरुले तत्काल करको दायरमा आउन र मजदुरलाई अनिवार्य प्यान नम्बर लिने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका हुन् ।

उनीहरुले घरेलु उद्योगलाई कर मिनाहा गरिरहेको अवस्थामा सरकारले एकाएक करको दायरामा ल्याउनुको साथै मजदुरहरुलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्थाले आफुहरु अन्यौलमा परेको बताए ।

महासंघकी प्रथम उपाध्यक्ष इनु पौडेलले तत्काल उद्योगीलाई करमा जानुपर्ने र मजदुरलाई प्यान नम्बर लिनुपर्ने व्यवस्थाले समग्र उद्योग नै धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको बताए । उनले लघु, घरेलु तथा मझौला को साथै महिलाद्धारा संञ्चालिन उद्योगलाई सरकारले कर छुटको व्यवस्था गर्नुपर्ने माग गरे । उद्योगको विस्तार विना आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै उनले फस्टाउदै गएको उद्योगको वृद्धि विकासमा सरकारको नया कर प्रणालीले नकारात्मक प्रभाव पार्ने दाबी गरे ।

सरकारले लागु गरेको ऐन नियम सबैले पालना गर्नुपर्ने भएकाले आफुहरु पनि मान्न तयार रहेको तर कर प्रणाली र प्यान बारे मातहतका उद्योगी र मजदुरलाई आश्वस्त तुल्याउनका लागि केही समय दिनुपर्ने तर्क गरे ।

सरकारले साउनदेखि लागु हुने गरि अनिवार्य प्यान नम्बरको व्यवस्था गरेको छ । साथै मजदुर, कर्मचारी लगायतको मासिक तलब बैङ्कमार्फत पठाउने व्यवस्था गर्न पनि भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप