बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लण्डनमा छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

शनिबार, २५ साउन २०७६, १३ : ३९
शनिबार, २५ साउन २०७६

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (३–५ अगष्ट २०१९) लण्डनमा सम्पन्न  भएको छ । 

कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरुबाट झण्डै ६ दर्जन नेपाली भाषी साहित्यकारहरु अनेसासका विभिन्न च्याप्टरहरुको प्रतिनिधित्व गर्दै लण्डन पुगेका थिए । 

लण्डनको दक्षिण पूर्वी शहर वेलिङ्गमा भएको सम्मेलनको पुर्वसन्ध्यामा लण्डन आइपुगेका साहित्यकारहरुको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो । 

स्थानीय कम्युनिटी सेन्टरमा अगष्ट ३ मा कार्यक्रमको उद्धाटन बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी क्षत्रीले गरेका थिए । 

कार्यक्रममा क्षत्रीले सभ्यताको माटो बेलायतमा यतिधेरै साहित्यकारहरुको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठुलो फड्को भएको बताए । 

यस्तै डा. जगमान गुरुङले भाषा बाँचे संस्कृति र सभ्यता बाँच्ने भएकोले साहित्यको सिमाना र क्षेत्र नहुने बताउँदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रशंसाको पात्र रहेको बताएका थिए । 

अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तव्यसहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, अनेसास उपाध्यक्ष सुनिल संगम, नेपाली मानक भाषा अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्रा.डा. खगेन्द्र लुइँटेललगायत बोलेका थिए।   

सम्मेलनमा केन्द्रीय कार्यसमितिबाट घोषणा भएको अनेसास वासुदेव–मालती सम्मान तथा पुरस्कार बरिष्ठ साहित्यकार लीलबहादुर क्षत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापनकर्ता डा. प्रा. दुर्गा दाहालमार्फत हस्तान्तरण गरिएको थियो । 

त्यसै गरि अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ्ग, कलामा मदनदाश श्रेष्ठ, संस्कृतिमा डा. जगमान गुरुङलार्इ अनेसास विशिष्ट सम्मान प्रदान गरिएको थियो भने साहित्यकार डा. रुपक श्रेष्ठ, लगायत चौथो र पाँचौ सम्मेलनका संयोजकहरु प्रकाश पौडेल ‘माइला’ र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार नृपेश उप्रेतीलाई प्रदान गरियो ।

सम्मेलनमा पहिलो दिन केहि प्रतिनिधि कविता वाचन तथा कृतिहरुको विमोचन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप