केन्द्रीय संस्करण
बालकथा बालकथा

श्रीमान् श्रीमतीको निधो

person explore access_timeसाउन २४, २०७६ chat_bubble_outline0

चैत गयो । वैशाख आयो । चराचुरुङ्गीहरुको गुँड बनाउने र बचेरा कोरल्ने बेला आयो । जुरेली, तार्फे, ढुक्कुर, फिस्टो, रानी चरीहरुले आ–आफ्नो वासस्थानको वनबुटेनमा आ–आफ्नो गुँड बनाउन थाले । तोपचरो, तोरीचराहरुले पनि खेतबारीका डील, कान्लाका रुखहरुमा आ–आफ्नो सीप अनुसारका राम्रा बलिया गुँड बनाई, फूलपारी, ओथारो बस्न थाले । सारौं, भंगेराहरु पनि आफू रहेका गाउँघरका खटप्वाल, दाँतीहरुमा गुँड बनाउने काम गर्नथाले । यस्तैमा गागली नाम गरेकी श्रीमती कागले कालु नाम गरेको आफ्नो श्रीमान् कागलाई सम्झाउँदै भनी– “लौ ! हामी पनि कतै आफ्नो गुँड बनाउने ठाउँ खोजौं न भन्या ! मेरो पेटका फुलहरु आफू जहाँ बस्यो त्यहीं त्यसै फ्यात्त खस्लान्जस्तो भइसक्यो ।”

उसले फेरि भनी– “गुँड बनाउने उचित ठाउँ कतै पाइएन र समयमा फुल पार्न मिलेन भने कसरी आफ्नो वंश जोगाउने ?”

श्रीमान् कालु कागले भन्यो– “छिटै बनाउने भनेको त हो नि ! तर बनाउने ठाउँ पनि त फेला पर्नु प¥यो नि ! मरी–मरी उचित ठाउँ खोजी ग¥यो ! कतै फेला पर्दैन । त्यसै कहाँ बनाउने ? तिमीलाई थाहै छ ठाडो बाटोमाथिको ठूलो पीपलको रुख पनि त्यतातिरका एकथरि निर्दयी मानिसहरुले अस्तिनै काटी–फाँडी समाप्त पारिहाले । बाटामुनिको ठूलो खरीको बोट पनि पोहोर साल नै सकिहाल्यो । गैरा घरे ज्ञानलालले पनि आफ्नो घर, बारी, बगैंचा सबै बिक्री गरी अन्यत्र बसाइँं सरेछन् । उनको बारी, बगैंचामा भएका सुन्तला, भोगटे, नास्पाती, ओखरका ठूल्ठूला बोटहरु पनि अब एउटै देखिंदैनन् । त्यहाँ त अब फलाम, सिमेन्टीले बनेका बडेबडेमाका घरहरुले पो ढाकेको देखिन्छ । त्यस्ता घरमा बस्ने मानिसहरु पनि सबै मौला–तौला छन् । यसरी गुँड बनाउने उचित ठाउँ सबै सकिंदैछन् । अनि भन त अब हामीले कुन ठाउँमा कसरी गुँड बनाउने र कुन प्रकारले आफ्नो वंश रक्षा गर्ने ?”

श्रीमती गागलीले भनी– “भन्ने बेलामा बोट–बिरुवा रोपौं, वातावरण संरक्षण गरौं रे ! गर्ने बेलामा जो भएका रुख, बिरुवा पनि एक–एक गरी मास्दै जाने । कसरी सकेको होला, यस्ता मान्छेहरुले मुखले एकथोक भन्न र कामले ठीक त्यसको उल्टो गर्न ?”

श्रीमान् कालुले भन्यो– “त्यतिमात्र कहाँ हो र ? चरा चुरुङ्गीहरु लोप भएर जान थाले रे ! कति त लोप भइसके रे ! त्यसो हुनाले जो भएका चराचुरुङ्गीहरुको संरक्षण गर्न जरुरी भइसक्यो रे ! यसकारण उनीहरुको लागि राष्ट्रिय निकुञ्जहरुको व्यवस्था मिलाउनुप¥यो रे !”

श्रीमान् कालुले फेरि भन्यो– “भने अनुसार काम भयो भने राम्रो भयो । राम्रो कामका निम्ति धन्यवाद छ ! तर ठूलाठूला वनजंगलमा बस्ने पशुपन्छीलाई त यस्ता राष्ट्रिय निकुञ्ज बनाउँदा काम लाग्ला भनौं । यस्ता वन जंगलबाहेक मानिसका गाउँ–वस्तीहरुमा उनीहरुकै सदस्यजस्तो  भएर बस्ने हामीजस्ता चराचुरुङ्गीहरुका निम्ति चाहिँ कुनै विवेक विचार गर्नुपर्दैन कि कसो हो ? पहिले पहिले यही कारणले सबै गाउँलेहरुले घर–घरमा सारौं, भंगेराहरु बस्ने खटप्वाल बनाइदिन्थे । चिबे, धोबी, कौवाजस्ता चराहरुलाई पनि सजिलो पर्नेगरी बाटो, चौतारो, बगैंचा, खेतबारीहरुमा थरिथरिका रुख बिरुवाहरु लगाउने, जोगाउने गर्थे । यसले गर्दा गुँड बनाउन, बचेरा हुर्काउनमात्र होइन, खेल्न, डुल्न, आराम गर्न पनि घरपालुवाजस्ता हामी सबै पन्छीहरुलाई धेरै सुविधा मिल्ने गथ्र्यो । यस्तो सजिलो कुरो त अब सपनामा पनि नपाइने भयो । मधेश, पहाडका ठूल्ठूला वस्तीहरुमा बस्ने गिद्धहरुका निम्ति त हामीलाई भन्दा पनि धेरै ठूला, अग्ला रुखहरु चाहिने गर्छन्, जुन रुख हुर्कन, बढ्न वर्षाैं वर्ष लाग्छ । यस्ता रुखहरु पनि भटाभट नास्ने–मास्ने काम गर्न थालियो र हिजोआज उनीहरुको पनि ठूलो विचल्ली हुनपुगेको कुरा बडो दुःखका साथ सुन्नु परिरहेको छ ।”

श्रीमती गागलीले भनी– “हामी कागहरु मानिसहरुका आसपासमा बस्नेमात्र होइन, उनीहरुका मित्र सदस्यहरु पनि हौं । हामीले उनीहरुका घर वरिपरि फालिएका सडेगलेको सिनोहरु, बालीनालीमा लाग्ने थरिथरिका कीरा–फट्याङ्ग्राहरु खाइदिएर पनि उनीहरुलाई धेरै फाइदा पु¥याउने गर्छौं । यस्ता कुरा उनीहरुले कृषिशास्त्र र स्वास्थ्य विज्ञानका पुस्तकहरुमा पनि पढेका छन् । रेडियो, टेलिभिजनमा पनि सुनेका छन् । त्यस्तै गिद्धहरुले त गाई, भैंसी, कुकुर, बिरालो, गोरु, घोडा, मान्छे जुनसुकैको सिनो फालिएको भए पनि त्यस्तो सिनो देख्नेबित्तिकै हजारौंको संख्यामा त्यस ठाउँमा आई त्यस्ता सिनोलाई एक दुई दिनमै खाइदिएर समाप्त पारिदिन्छन् र तिनबाट उत्पन्न हुनसक्ने रोगव्याधि उत्पन्न हुन नदिन ठूलो मद्दत गर्छन् । त्यसैले हाम्रो लागिमात्र होइन, आफ्नै लागि पनि त मानिसहरुले हामीलाई जोगाउनु, बचाउनु धेरै आवश्यक छ । वुद्धि, विवेक भएका मानिसहरुले आज पनि यस्ता कुरामा ध्यान दिएर बोटबिरुवा लगाउने, बगैंचा बनाउने, चौतारी चिन्नेजस्ता काम गर्ने गरेको पाइन्छ । यताका मान्छेहरु त भन्ने बेलामा आफूलाई पढेगुनेका, जान्नेसुन्ने, सभ्य, शहरिया के के भन्ने गर्छन् तर गर्ने बेलामा भने यस्तै मान्छेले गर्दा अब हामीले बस्ने बास नपाउनेमात्र होइन, वंश जोगाउन नभै नहुने गुँड बनाउन चाहिने ठाउँ पनि नपाउने भइसक्यौं ।”

श्रीमती गागलीले भनी– “हाम्रो लागिमात्र हो र ? कतै कतै त उनीहरुकै लागि नभै नहुने ढल, बाटोसम्म पनि नराखी बडेबडेमाका घर ठड्याउने गर्न थालेका देखिन्छन् । यस्तो ढल, बाटोको राम्रो व्यवस्था मिलाउँदा त्यसको सुविधा अरुले पाउने हो र ? सबभन्दा बढी सुविधा त तिनै ठूल्ठूला घर बनाउने मानिसहरुले नै पाउने हुन् नि ! आफ्नै लागि त यस्तो चाला छ यिनीहरुको । बरु अब हामीहरु पनि यिनीहरुकै आकाश छुने अग्ला घरका छानाहरुमा अग्ला टाँड बनाई तिनमाथि राखिएका पानी छान्ने भाँडाहरुमै गुँड बनाउने र त्यहीं फुल पारी बचेरा हुर्काउने हो कि ? किनभने, पानी छान्ने भाँडा घरघरका छानामा राखिएका छन् तर पानी छान्ने काम भने कहिल्यै गरेका छैनन् । वर्षौं भइसक्यो त्यस्तै छ ।”

श्रीमान् कालुले भन्यो– “उचित ठाउँ कतै भेटिंदैन । फुल पार्न हतार भैसक्यो भन्छ्यौ । एक डेढ महिनामा त गुँड बनाई, फुल पारी, ओथारो दिई, फुल कोरली बचेरा हुर्काउने काम सम्पन्न गर्न भ्याइहालिन्छ । उनीहरुले काम नलिएको, त्यसै खेर गएको ठाउँको सदुपयोग गरी हामीले आफ्नो वंश जोगाउने काम गर्दा हाम्रो के पो गल्ती होला र ?”

अन्त्यमा श्रीमती गागली र श्रीमान् कालुको यही निधो भयो । त्यसअनुसार नै सिन्का, घुस्यान बटुली उनीहरुले त्यही खेर गएको एउटा भाँडोमा गुँड बनाए । फुल पारे र ओथारो दिन थाले । फुल कोरल्ने बेला हुनै लागेको थियो । यस्तैमा एक दिन श्रीमान्–श्रीमती दुवै चारो खोजी, भोक टारी गुँडमा फर्किंदा त आफ्नो गुँड भताभुङ्ग पारी फालिदिएको देखे । फुलमा भएका बचेरा पनि कडा जमिनमा बजारिई ठहरै भएको पाए । जब चारो खोजी, भोक टारी गुँडमा फर्किंदा यस्तो विजोक देख्छन्, तब दुवै साह्रै दुःखी भई आँखा छोपी धुरु–धुरु रुन्छन् । एकछिनपछि एकले अर्कालाई सम्झाउँछन् र अब कतै भद्रजनको वस्तीमा जाऊँ र उतै जीवनयापन गरौं भनी त्यहींबाट फुत्त उडी माथि आकाशतिर लाग्छन् । à

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...