दाङ्गमा विषादी सेवन गरी चार दिनमा चार जनाद्वारा आत्महत्या
शुक्रबार, २४ साउन २०७६, १० : २७
बुटवल । दाङ्गमा पछिल्लो चार दिनमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन् ।
गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो ।
उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
चौधरीको उपचारको क्रममा ज्यान गएको र उनको शव प्रादेशिक अस्पताल दाङ्गमा राखिएको शाहले बताए ।
यसअघि विषादी सेवन गरेर तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ वर्षीय मिनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५० वर्षीया बमकुमारी रोका र राजपुर गाउँपालिका–३ गंगदीकी २१ वर्षीया मिरा चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर