शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन्दीपको टोली टोरन्टो बाहिरियो

शुक्रबार, २४ साउन २०७६, ०८ : १८
शुक्रबार, २४ साउन २०७६

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगबाट बाहिरिएको छ । बिहिबार राति भएको ईलिमिनेटर खेलमा टोरन्टो नेसनल्स विन्निपेग होक्ससँग डकवर्थ लेविसका आधारमा दुई रनले पराजित भयो । जितसँगै होक्स दोस्रो क्वालिफायर पुगेको छ ।

दुई सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७.१ ओभरमा दुई सय एक रन जोड्दा खेल बनाउँदा खेल अवरुद्व भएको थियो । खराव प्रकाशका कारण  डकवर्थ लेविसका आधारमा होक्स विजयी भएको हो ।  होक्सको जितमा जेपी डुमिनीले अविजित ८५ रन बनाए सन्दीपले होक्सको दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए । विजयी होक्समा रहेका नेपालका अर्का बलर सोमपाल कामी भने टोलीमा अटाउन सकेका थिएनन् ।

यसअघि पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । टोरन्टोका लागि हेनरिक क्लासेनले अविजित एक सय ६ रन बनाए पनि टोलीको हार टरेन । रोड्रिगो थोमसले ७३ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप