सन्दीपको टोली टोरन्टो बाहिरियो
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेट लिगबाट बाहिरिएको छ । बिहिबार राति भएको ईलिमिनेटर खेलमा टोरन्टो नेसनल्स विन्निपेग होक्ससँग डकवर्थ लेविसका आधारमा दुई रनले पराजित भयो । जितसँगै होक्स दोस्रो क्वालिफायर पुगेको छ ।
दुई सय ३९ रनको लक्ष्य पछ्याएको होक्सले १७.१ ओभरमा दुई सय एक रन जोड्दा खेल बनाउँदा खेल अवरुद्व भएको थियो । खराव प्रकाशका कारण डकवर्थ लेविसका आधारमा होक्स विजयी भएको हो । होक्सको जितमा जेपी डुमिनीले अविजित ८५ रन बनाए सन्दीपले होक्सको दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए । विजयी होक्समा रहेका नेपालका अर्का बलर सोमपाल कामी भने टोलीमा अटाउन सकेका थिएनन् ।
यसअघि पहिला ब्याटिङ गरेको टोरन्टोले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । टोरन्टोका लागि हेनरिक क्लासेनले अविजित एक सय ६ रन बनाए पनि टोलीको हार टरेन । रोड्रिगो थोमसले ७३ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण