बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द

शुक्रबार, २४ साउन २०७६, ०७ : ०३
शुक्रबार, २४ साउन २०७६

मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन ।

आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे । 

रौतहट कटरिया नगरपालिकामा मेयर र उपमेयरको विवाद योभन्दा ठूलो छ । यो विवाद उच्च अदालत वीरगन्जमा समेत पुग्यो । उपमेयर नुरजाह खातुनले मेयरबाट आफूमाथि ज्याजति भएको आरोप लगाएकी छिन् । 

रौतहटको गरुडा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी मेयर र उपमेयरबीचको विवाद कटहरिया मात्र नभई ठाउँठाउँमा उत्कर्षमा पुगेको बताउँछन् । 

म्याग्दीको बेनी नगरपालिका मेयर र उपमेयरबीचको झगडा पनि उत्कर्षमा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप