शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शुक्रबार, २४ साउन २०७६, ०६ : १७
शुक्रबार, २४ साउन २०७६

वि.सं.२०७६ साल साउन २४ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट ०९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि नवमी,२१ घडी ०३ पला ,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त दशमी । नक्षत्र अनुराधा,५१ घडी  ४८ पला,रातको ०२ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग ब्रम्ह,२८ घडी २४ पला,बेलुकी ०४ बजेर ५३ मिनेट उप्रान्त ऐन्द्र । करण कौलव,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर २९ मिनेट उप्रान्त गर । आनन्दादिमा राक्षस योग । चन्द्रराशि बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ०६ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुनेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पतिपत्नि बिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफू अगाडि बढ्ने समय रहेको छ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा मावलि पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिस्पर्धिहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभुति हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउँन निकैनै मिहिनेतगर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनालेसाथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ । मायाप्रेममा बिश्वासको बाताबरण बढ्नेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । अनावश्यक खर्च बढ्ने हुदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरि हाईड्रोपावर,पानि तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाईबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।
  
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी  गर्न सकिने तथा भनेजस्तो आम्दानीगर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामोदुरिको शैक्षिक तथा धार्मिक यात्राहुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।  

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप