शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलियनको खोजीमा

बिहीबार, २३ साउन २०७६, १३ : ५६
बिहीबार, २३ साउन २०७६

अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले आफ्नो अत्याधुनिक दुरबिनको प्रयोग गरेर पृथ्वीबाहेका अन्य ग्रहहरुमा एलियनको खोजी गरिरहेको छ । नयाँ ट्रान्सिटिङ एक्प्लानेट सर्वे सेटेलाइट (टेस) नामक दुरबिनका माध्यमले पहिले तीनवटा नयाँ ग्रह पत्ता लगाएको छ । तीमध्ये एउटा ग्रह पृथ्वीभन्दा (एक्फोप्लानेट) ठूलो रहेको छ ।

एक ताराको कक्षबाट लगभग ३१ प्रकाश वर्ष टाढा रहेको त्यस ग्रहलाई ‘जिजे ३५७ डी’ भनिन्छ । जुन ताराको जीवनका लागि उपयुक्त क्षेत्र (ह्याबिटेबल जोन)बाट धेरै नजिक छ । यही क्षेत्र त्यो ग्रहको सतहमा तरल पानी रहन सक्ने सम्भावना छ । तर ‘जिजे ३५७ डी’को वायुमण्डलको बाक्लो र पानी तरल राख्न आवश्यक तापक्रम छ कि छैन भनेर पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ ।

‘जिजे ३५७ डी’ का ताराका कक्षीय क्षेत्रको बाहिर घेरामा रहेको छ । पृथ्वी तथा मङ्गल ग्रहले सूर्यबाट पाए जतिकै मात्रामा ऊर्जा यसले ताराबाट ऊर्जा प्राप्त गर्छ ।’ हाइडेलवर्गको म्याक्स प्लाक इन्स्टिच्युट फर एस्ट्रोनोमीका सहलेखक डायना कोस्साकोवस्कीले आफ्नो दस्तावेजमा भनेका छन्, ‘ग्रहमा भारी वायुमण्डल छ, भविष्य अध्ययन गर्न निश्चित गर्छ तथा यसले ग्रहको सतह तातो राख्न र पानीलाई तरल राख्न पर्याप्त तापक्रम ग्रहण गर्छ ।’

कोर्नेल युनिभर्सिटीका खगोलशास्त्री प्राध्यापक लिजा काल्तेनेग्गेरले एस्ट्रोफिजीकल जर्नल लेटरको आफ्नो छुट्टै लेखमा उक्त ग्रहमा मानव बसोबास रहनसक्ने बताएका छन् । उनले भनेकी छिन्, ‘आश्चर्य छ, पृथ्वीभन्दा ठूलो ग्रहमा मानिसको जीवन हुनसक्ने टेसको मद्दत पत्ता लागेको छ, त्यहाँ ठूलो मिसनमार्फत पुग्न सकिन्छ ।’

‘‘जिजे ३५७ डी’ बाक्लो वायुमण्डल र पृथ्वीमा जस्तै जीवनसहित तरल पानी हुन सक्ने सङ्केत मिलेको छ, चाँडै प्रयोग आउने अर्को दुरबिनबाट पत्ता लाग्नेछ ।’ ‘जिजे ३५७ डी’ले पृथ्वीबाट सूर्यको करिब २० प्रतिशत दुरीमा ताराबाट यसको कक्ष ५५.७ दिनको रहेको दाबी गरिएको छ ।

यी तीन ग्रहका कक्षलाई ‘जिजे ३५७’ भनिन्छ । यो एम प्रकारको ‘डोर्फ’ हो, जुन हाम्रो सूर्यभन्दा ४० प्रतिशतले चिसो र तौल र आकारमा एक तिहाइको छ । टेस नासाले हाम्रो सौर्यमण्डलभन्दा बाहिरका एक्फोप्लानेट पत्ता लगाउन प्रयोग गरेको दुरबिन हो । यसले फेब्रुवरी महिनामा ३.९ प्रतिदिन तारा हल्ला मधुरो हुँदै गएको देखाएको थियो । ग्रहले ती ताराको घुमिरहेको सङ्केत पनि दिएको थियो ।

अत्यन्त नजिकका तीन ग्रहमध्ये ‘जिजे ३५७ बी’ पृथ्वीभन्दा लगभग २२ प्रतिशतले ठूलो छ । मर्करीले सूर्यलाई घुम्ने दुरीभन्दा यसले आफ्नो ताराको ११ गुणा नजिकबाट घुम्मे गर्छ । क्यानरी आइल्यान्डको द इस्टिच्युट अफ एस्ट्रोफिजिक्सका एस्ट्रोफिजिसिस्ट (तारासम्बन्धी अध्ययन गर्ने भौतिकशास्त्री) इन्रिक पालेले भने, ‘हामीले ‘जिजे ३५७ बी’लाई तातो पृथ्वी भनेर व्याख्या गरेका छौँ ।’

त्यस्तो भए पनि यहाँ जीवन रहन सक्दैन । यसलाई तेस्रो सबैभन्दा नजिक देखिने एक्फोप्लानेट, एउटा राम्रो ग्रहका रूपमा बुझिएको छ । हामीले अध्ययन गर्दा यसले वायुमण्डल धारणा गरेको हुन सक्ने सम्भावना छ ।

मध्यमस्तरको ग्रह ‘जिजे ३५७ सी’ हो । यसको तौल पृथ्वीको ३.४ गुणा रहेको छ । यसले आफ्नो ताराको फन्को लगाउन ९.१ प्रतिदिन लगाउँछ ।

Source: https://www.independent.co.uk

Picture source: https://www.fr.de

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप