शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाहुबली अभिनेता मधु प्रकाशकी श्रीमतीले गरिन् आत्महत्या, यसकारण तनावमा थिइन्

बिहीबार, २३ साउन २०७६, ०८ : ४७
बिहीबार, २३ साउन २०७६

फिल्म बाहुबलीबाट चर्चामा आएका अभिनेता मधु प्रकाशकी श्रीमती भारतीले आत्महत्या गरेकी छिन् ।

हंस इन्डियाको रिपोर्ट अनुसार मधुकी श्रीमती भारतीले हैदराबादको आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गरेकी छिन् । मधुको आत्महत्याको वास्तविक कारण थाहा नभएपनि मधु प्रकाशको जीवनशैलीका कारण निकै तनावमा भएको र श्रीमानको सहकर्मीसँग अफेयर चलिरहेको शंकाका कारण उनले यस्तो कदम उठाएको हुनसक्ने बताइएको छ ।

सिटी पुलिसले यो मामलामा मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार मधुको व्यवहारका कारण दम्पत्तिबीच निकै झगडा हुने गर्दथ्यो ।

रिपोर्टले यो पनि दाबी गरेको छ कि मधुले भारतीलाई आफू जिममा जान लागेको जानकारी दिएका थिए र पछि टिभी शोको सुटिङका लागि बिहान करिब १० बजे घरबाट निस्किएका थिए । भारतीले मधुलाई तत्काल घर आउन आग्रह गर्दै फोन गरेकी थिइन्, यस्तो नगरे आफूले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् ।  तर श्रीमतीको कुरालाई वेवास्ता गरेका उनी बेलुका साढे सात बजे घर आउँदा श्रीमतीलाई कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको बताइएको छ ।

पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ र मधुको बयान लिइसकेको छ । भारतीको शव पोष्ट मर्टमको लागि ओस्मानिया जनरल अस्पताल पठाइएको छ ।

मधुले बाहुबलीबाहेक विभिन्न टिभी सिरियलमा पनि काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप