मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनको केन्द्रीय अध्यक्षमा कुमार पन्त नै किन ?

बुधबार, २२ साउन २०७६, १८ : ३४
बुधबार, २२ साउन २०७६

गोरखाको फुजेलमा सामान्य परिवारमा सन् १९७६ मा जन्मिनुभएका कुमार पन्त तिक्ष्ण बुद्धी, शालीन तथा आज्ञाकारी बालव्यक्तित्व उहाँको  असल परिचय थियो । 

अवसरको खोजीमा सपनाको सानो पोको बोकेर सन् १९९७ जर्मन छिरेर पन्तले जीवन एक संघर्ष हो भन्ने आत्मसाथ गरि होटल लाइनमा जागिरे रूपमा आफ्नो प्रवासी जीवन यात्रा शुरू गर्नुभएको हो । 

पन्तले आफ्ना व्यक्तिगत जीवनलाई सहजतामा बदल्ने क्रममा नै अब विदेशमा रहेर मेरो व्यक्तिगत पाटो मात्र होइन सामाजिक क्षेत्रमा पनि केहि गर्न आफ्नो भूमिका र दायित्व ठान्दै सन २००४ मा प्रवास र मातृभूमिलाई जोड्न गैरआबासिय नेपाली संघ एनआरएनको यात्रामा सहयात्री भई समाहित हुनुभयो । 

एनआरएनको यात्रामा पवित्र उद्देश्य, संस्थाप्रति इमान्दार र मर्यादित हुँदै यस संस्थाको भौतिक विकास र संस्थाको दायित्वलाई फराकिलो बनाउन अझैँ आफ्नो जिम्मेवार बढेको महसुस गर्दै सन् २००५ मा हिसान क्षेत्रको संयोजकमा आफ्नो जिम्मेवारी, संस्थाले गरेको अपेक्षाभन्दा पनि अब्बलताका साथ पुरा गर्नुभयो । 

यसले एनआरएनको यात्रामा अझै जिम्मेवार र माथिल्लो तहमा रहेर काम गर्ने उर्जा थपिदियो । यसै अनुरुप सन् २००९ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा रहेर काम गर्ने इच्छा जागृत भयो र उहाँको यस संस्थाको यात्रामा केन्द्रीय तहमा महत्वपूर्ण जिम्मेवारीका साथ सन् २०११ मा यूरोप क्षेत्रको क्षेत्रिय संयोजकमा काम गर्ने महत्वपूर्ण जिम्मेवार प्राप्त भयो । 

आफ्नो अनुभवको आधारमा होटल व्यवसायमा सफल प्रवासी नेपालीहरूको अर्को नयाँ अध्यायमा जर्मनको एक सफल व्यवसायीको अर्को अध्याय थप्न सफल पन्त महत्वपूर्ण पारिवारिक र व्यवसायिक समयलाई सामाजिक अभियानमा स्थान्तरण गरि संस्थाले अपेक्षा गरेका उद्धेश्यहरूको प्रतिफल गुणात्मक नै रह्यो । 

यसले यात्राको दुरीहरू झनै फराकिलो र बिशिष्ट बनाउदै संस्थालाई परिष्कृत र यस अभियानलाई अझैँ उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निरन्तर रहिरह्यो । 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई एक प्रणालीमा चलाउने संयन्त्रको विकासमा सुधार र संस्थाको दायित्वलाई अझैँ फरक र विशाल बनाउने उद्धेश्य अनुरूप सन् २०१३ मा महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर आफ्नो २ बर्षको कार्यकाललाई ऐतिहासिक साबित गर्नुभयो । 

यस यात्राको अथक र अब्बल यात्रीको रूपमा आफूलाई बिश्वभर चिनाउन सफल हुनुभयो । यात्रा सगरमाथा र संस्थालाई त्यो उचाईमा सफलताको इतिहास रच्ने अभिलाषाले सन २०१५–१७ मा आफूलाई उपाध्यक्षको पदमा उभ्याएर अध्यक्षले गर्नुपर्ने विभिन्न महत्वपूर्ण काममा आफूलाई परिक्षकको रूपमा प्रस्तुत गर्नुभयो । 

संस्थाको विभिन्न अफ्ठ्यारा परीक्षामा पास भैसकेर पनि संस्थाको मर्म, अग्रजहरूको सम्मान, प्रतिस्पर्धी साथीहरूको आकांक्षालाई मध्यनजर गरी अध्यक्षको प्रत्यासी रहँदारहँदै त्यो पदिय दायित्व र जिम्मेवारको कुनै सेकेण्ड खेर नजाओस् भन्ने गतिशिल सोच बनाई वर्तमान अध्यक्षसँग कुनै राजनैतिक पूर्वाग्रह नराखी सहयात्री भवन भट्टलाई अध्यक्ष पदको लागि सहयोग गर्ने र अर्को कार्यकालमा आफूलाई सहयोग गर्ने गरि व्यक्तिगत सहमतिको आधारमा हाल उपाध्यक्षको पदमा दोहोर्याएर सम्पूर्ण हिसाबले सुसज्जित भई केन्द्रीय अध्यक्ष पदको लागि आफूलाई प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ । 

बिश्वभर छरिएर रहेका लगभग ८० लाख नेपालीलाई व्यक्तिगत तथा सामूहिक लगानी मातृभूमि नेपालमा गर्नुपर्छ भन्ने मुल मन्त्र राखी नेपालमा पनि विभिन्न क्षेत्रका व्यापार र उद्योगमा लगानी गर्नुभएको पन्त प्रवासी नेपालीहरूको भावना, श्रम, सिप र पुँजिलाई मातृभूमिसँग जोडेर स्थापना कालदेखिनै एनआरएनएले घोषणा गरेको समृद्ध नेपालको नारालाई सार्थक बनाउन यसै बर्ष नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा १० अर्बको लगानी एनआरएनएबाट संस्थागत रूपमा भित्र्याउने गरि भएको हस्ताक्षरमा पनि उहाँको ठूलो भूमिका रहेको छ । 

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मातृभावलाई आत्मबोध गर्दै विदेशी नागरिकता लिएका नेपालीहरूलाई मतदानको अधिकार बाहेक अन्य अधिकारसहितको दोहोरो नागरिकता पाउनुपर्छ भन्ने सबालमा नेपाल सरकारसँग यहाँको संस्थागत पहल अतुलनिय रह्यो र फलस्वरूप विधान राष्ट्रियसभाबाट पारित भइसकेको र प्रतिनिधि सभाबाट पारितको प्रतिक्षामा छ । 

संस्था र विश्वभरका नेपाली समुदायको हितलाई शिरोपर गरि विश्वका ८५ भन्दा बढि राष्ट्रको प्रत्यक्ष भ्रमण गरि विभिन्न राष्ट्रहरूमा रहेका नेपालीहरूको विभिन्न विद्यमान समस्याहरूको न्यूनिकरण र समाधानको लागि गरिने प्रयासलाई सहज बनाउन हाल विश्वभर अन्तिम समय गठित एनआरएनएको राष्ट्रिय परिषद् माल्टासहित ८०औँ राष्ट्रमा आफ्नो सञ्जाल विस्तार गर्न पनि यहाँको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो । 

त्यसैले अब कुनै जात, धर्म, क्षेत्र, लिङ्ग तथा कुनै राजनैतिक ध्रुबको आधारमा नभै एक कर्मठ, शालीन, सक्षम, अनुभवी र नेतृत्व शक्तिलाई आधार मान्ने हो भने आगामी अक्टोबरमा काठमाडौँमा हुन गैरहेको ९ औँ बिश्व सम्मेलनबाट केन्द्रीय अध्यक्षको लागि निर्विरोध रूपमा  कुमार पन्तलाई निर्वाचित गराउन आवश्यक छ ।

यस्तै गरि विगतमा शुरू भएको भिजन २०२० लगायतका अन्य संस्थागत योजनाहरूको कार्यनयनको लागि पनि कर्मठ व्यक्तित्व कुमार पन्तको नेतृत्व अपरिहार्य छ । आदरणीय कुमार पन्तलाई अग्रिम बधाई र यहाँको कार्यकाल ऐतिहासिक बनोस् शुभकामना ! 

लेखक : शिव बन्जारा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप