बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिलेख नराखेको भन्दै होटल सञ्चालक पक्राउ

बुधबार, २२ साउन २०७६, ११ : १६
बुधबार, २२ साउन २०७६

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नियमविपरित होटल व्यवसाय गर्ने एक सञ्चालकलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कास्की पोखरा महानगरपालिका – ८ पृथ्वीचोकमा रहेको होटल कोशी एण्ड रितिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतोलाई नियमअनुसार ग्राहकको अभिलेख नराखेको पाइएपछि पक्राउ गरिएको हो ।
पक्राउ महतोलाई कानुनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । 

उनलाई साउन २१ गते पक्राउ गरिएको हो । 

होटल सञ्चालक महतोले गत जेठ ३० गते भारत घर भएका ३ जनालाई होटलमा बास दिएर कुनै अभिलेख नराखेको र ति व्यक्ति समेतको योजनामा असार १ गते लक्ष्मी परियारको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप