तीन महिनाकी गर्भवती बुहारीको घाँटी थिचेर हत्या गरेको आरोपमा सासु र ससुरा पक्राउ
बुधबार, २२ साउन २०७६, ०८ : ३३
सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
-
निःसन्तान दम्पतीले कस्तो अवस्थामा गर्ने आइभीएफ र आइयुआई ?
-
काठमाडौँका यी स्थानहरूमा आजदेखि विद्युत् सेवा प्रभावित हुने
-
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
-
देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर